दफा ६क
सवारी साधन करको बाँडफाँट
(१) दफा ५ उपदफा (१) को खण्ड (क) बमोजिम प्रदेशले लगाएको र उठाएको सवारी साधन करबाट उठेको रकम प्रदेश सरकारले प्रदेश विभाज्य कोषमा जम्मा गर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साढी प्रतिशत प्रदेश सरकारलाई र चालीस प्रतिशत स्थानीय तहलाई बाँडफाँट गरिनेछ ।

(३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गरिनेछ र स्थानीय तहलाई प्रदान गरिने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिनेछ ।

(४) उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नेछ ।

(५) उपदफा (४) बमोजिम बाँडफाँटबाट प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा _ सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिम बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिनेछ ।